
काठमाडाैं । काठमाडौँ जिल्ला अदालतले व्यवसायी दीपक भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीले बिहीबार भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई आज पक्राउ गरेको हो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
भट्टले बीमा ऐन २०७९ को दफा १४० को कसुर गरेर सम्पत्ति आर्जन गरेको सो सो सम्पति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेर शुद्धीकरण गरेको आरोप छ ।
उनले गैरकानुनी सम्पतिको स्रोत लुकाउने, छल्ने, स्वरुप र प्रकति बदल्ने गरेको आरोपमा विभागले यसअघि देखि नै अनुसन्धान गर्दै आएको थियो । यसअघि बयान लिएको भए पनि थप बयान र प्रमाण संकलन गर्नुपर्ने भन्दै विभागले उनलाई अदालतमा पेस गरेको थियो ।










Facebook Comments