
काठमाडाैं । सल्यानका १९ वटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तर पुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यले सरकारले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि सोहीअनुसार जिल्लाभर परीक्षण कार्य अघि बढाइएको हो।
शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेरबहादुर रोकाका अनुसार प्रत्येक उत्तर पुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ। उनले कापी परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षकहरू परिचालन गरिएको जानकारी दिए ।
परीक्षण कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको इकाईले जनाएको छ। यस कदमले नतिजा प्रकाशनमा ढिलाइ कम हुनुका साथै मूल्यांकन प्रक्रियामा विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। जिल्लाबाट नियमित, प्राविधिक धार र ग्रेडवृद्धि गरी ४ हजार १ ९३ जनाले परिक्षा दिएका हुन । गरी कुल ४ हजार ३९७ परीक्षार्थी मध्ये २०४ जना परीक्षार्थी अनुपस्थित भएका थिए ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहयोगी गरी ४२७ जना जनशक्ति परिचालन गरिएको छ।
प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरी परीक्षा मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ।










Facebook Comments