
काठमाडौं । रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेसमार्फत कानुनी प्रक्रिया अघि बढाउन अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत पर्साका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो। यससँगै अब लामिछानेले प्रत्येक पेशीमा स्वयं उपस्थित भई तारेख धाउनुपर्ने बाध्यता हटेको छ।
यसअघि उनले बुधबार अदालतमा उपस्थित भई तारेख बुझेका थिए। सोही क्रममा वारेसमार्फत मुद्दा लड्न पाउने अनुमति माग गरेका थिए। अदालतका तहसिलदार देवराज भट्टराई का अनुसार अदालतले उनको माग स्वीकृत गरेको हो।
सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। अब उनी आफ्नो प्रतिनिधि (वारेस) मार्फत अदालतका प्रक्रियामा सहभागी हुन सक्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछाने हाल चितवन–२ बाट निर्वाचित सांसद हुन्।










Facebook Comments