काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गतका समितिहरूमा भदौ २४ गते सभापति चयन हुने भएका छन्। 

समिति सभापति चयनका लागि राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेका छन्। 

ad

जसअनुसार चैत २३ गते बिहान साढे १० बजेदेखि १२ बजेसम्म समिति सभापतिका लागि मनोनयन दर्ता हुनेछ। 

साढे १२ बजे उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ। चैत २४ गते समितिको बैठकहरूमा सभापति चयनका लागि निर्वाचन हुनेछ। 

राष्ट्रिय सभामा विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनीक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलिकरण तथा राष्ट्रिय सरोकार गरी ४ वटा समिति रहेको छ।