काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई  आज पक्राउ गरेको छ।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचारपछि  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

ad

केही दिन अघि सोमबार विभागले उनको पासपोर्ट रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो ।