काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास बिक्री भएको हल्ला चलेपछि देउवाको सचिवालयले बुढानीलकण्ठस्थित घर बिक्री नभएको स्पष्ट पार्दै बेच्ने पनि कुनै कार्यक्रम पनि नरहेको बताएको हो ।


‘केही सञ्चारमाध्यममा गलत सूचनासहित घर बिक्री गरेको र बिक्रीमा राखेको भनेर भ्रामक सूचना संप्रेशण भएकाले बिक्रीमा नराखेको सचिवालयले स्पष्ट पारेको हो । 

ad

जेनजी आन्दोलनका क्रममा देउवा निवास जलाइएको थियो । पाँच पटक प्रधानमन्त्री भएका देउवाको उक्त घरको ऐतिहासिक महत्व भएकाले पनि बिक्री नगरिने सचिवालयले भनाई छ । 


‘उक्त घर रहेको जग्गा डा( आरजु राणालाई उहाँको माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएको हो,’ सचिवालयले भनेको छ ।