
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि आज बिहान अस्पताल भर्ना गरिएको छ। उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सका अनुसार आज बिहान नै उनको पेसमेकर परिवर्तन गरिएको छ । हर्ट अट्याक भएपछि केही बर्ष अगाडि पेसमेकर हालिएको थियो । अहिले शाहको स्वास्थ्य अवस्था स्थिर छ । दुईर तीन दिनमा डिस्चार्ज गर्न सकिने अस्पतालस्रोतले जनाएको छ ।










Facebook Comments