
एमाले संसदीय दल नेता चयन प्रक्रियामा योगेश भट्टराईको आपत्ति
काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने शैलीका कारण पार्टीपंक्तिलाई चिन्तित बनाएको बताएका छन् ।
‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ’ भट्टराईले भनेका छन्,’ केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूबीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’
बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका थिए । संसदीय दलको नेतामा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत नपाउने गरी नेताहरूले आन्तरिक चलखेल गरेपछि थापा निर्विरोध भएका थिए । त्यही घटनालाई इंगित गर्दै भट्टराईले यो प्रक्रियामा आपत्ति जनाएका हुन् ।










Facebook Comments