काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना अधिकृतहरूसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

ad

विशेषका अनुसार मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ। उनीहरुलाई राज्य कोषमा दाखिला हुनुपर्ने राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।

उनीहरुले आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिस्ट्रेसन बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।