
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले हेमराज ढकालको समूहलाई समर्थन गरेका छन् ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समूहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पाना गैरेले उम्मेदवारी घोषणा गरेकी छिन् ।
वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले टिम बनाउने नाममा फोहोरी खेल खेलेको भन्दै आफूलाई सह्य नहुने बताएका हुन् ।
उनले भने, ‘म अझै पनि सर्वसम्मतिको पक्षमा छु भने केही प्रदेशमा सर्वसम्मतिमै नेतृत्व चयन गर्न सफल भएको छु, यदि विधानको मर्मविपरीत अब हुने वाला अध्यक्षले सर्वसम्मतिको प्रसायमा अड्चन ल्याउँदै आफ्नो टिम बनाएर अघि बढ्छ भने हेमराज ढकालको समूहलाई मेरो पूर्ण समर्थन हुनेछ भने तपाईंहरुको जित सुनिश्चित छ ।’
यदि कुनै समूहले सर्वसम्मतिको प्रयासलाई असफल बनाउन लाग्छन् भने हेमराज ढकालको समूहलाई जिताउन आफूले कुनै कसुर बाँकी नराख्ने समेत उनको उद्घोष थियो ।
यसअघि आफू स्वत: अध्यक्ष हुने समयमा तटस्थ बसेका अध्यक्ष ढकालले स्वतन्त्र प्रतिस्पर्धामा निर्वाचत गराएका थिए । तर, अब बन्ने अध्यक्षले मनोनीत र विभिन्न समितिका सभापतिको लोभ देखाएर फोहोरी खेल खेल्न थालेकाे भन्दै अध्यक्ष ढकाल रिसाएका थिए ।
एक कार्यक्रममा पूर्वअध्क्षहरुले अञ्जन श्रेष्ठको उक्त कार्यले महासंघभित्र फोहोरी खेल भएको र यसले महासंघलाई धुव्रीकरण गर्ने भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए ।
उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्वात गरिएको छ । यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् ।
यस्तै महासंघका तर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।
उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टिम निर्माण गरिएको छ ।










Facebook Comments