
काठमाडाैं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । ललितपुरकाे च्यासलस्थित पार्टी कार्यालयमा बसेकाे संसदीय दलको संयुक्त बैठकले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाे हाे ।
पूर्वमाओवादी थापा नेता बुधबारै एमाले संसदीय दलको नेतामा चयन भएका छन् । एकै दिन उनले पार्टीकाे दुइ शीर्ष जिम्मेवारी पाएका हुन् ।
नेकपा एमालेको संसदीय दलको नेतामा बादल सर्वसम्मत चयन भएका हुन् । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए ।
तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको एमाले स्रोतले जानकारी दियो ।
शुरूमा राजेन्द्र राई र डा. अर्जुन कार्की प्रस्तावक/समर्थक बस्ने तयारी गरेका थिए । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले ब्याक गराएपछि सुहाङको केही लागेन ।










Facebook Comments