
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन भएका छन् ।
उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको जानकारी दिए ।
युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए ।
तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको एमाले स्रोतले जानकारी दियो ।
शुरूमा राजेन्द्र राई र डा. अर्जुन कार्की प्रस्तावक/समर्थक बस्ने तयारी गरेका थिए । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले ब्याक गराएपछि सुहाङको केही लागेन ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजित भएपछि एमालेलाई संसदीय दलको नेता चयनमा सकस भएको थियो ।










Facebook Comments