काठमाडौं । नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको लेटरहेड फेरि दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको छ  ।

बुधबार बसेका कांग्रेस अनुशासन समितिको बैठकले खड्काले चैत १४ गते अनाधिकृत वक्तव्य जारी गरेकोले सचेत गराउने निर्णय गरेको हो । अबदेखि गलत काम गरे विधानअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । 

ad

यसैबीच अनुशासन समितिमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित ५०७ उजुरी  प्राप्त भएको छ । 
स्वतन्त्र र प्रस्तावक समर्थक रहेका, उम्मेदवारविरूद्ध प्रत्यक्ष सहभागी भई लागेका, विपक्षलाई टेवा पुर्‍याएका, मत नमागी  बसेका र कांग्रेसकै टिकटबाट जनप्रतिनिधि भए पनि विपक्षीलाई सहयोग गरेकाहरू विरूद्ध अनुशासन उजुरी आएको छ। 
उजुरी आएकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण दिन अनुशासन समिति संयोजक तारामान गुरूङले जानकारी दिएका छन् ।