काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।


संसद सचिवालयको आह्वानमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन र २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।  

ad

चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ। पहिलो बैठकमा सभामुख निर्वाचनका लागि प्रस्ताव पेस गर्ने, २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको बताइएको छ । 

संसद बैठकअघि आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसेको हो।