
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको समानान्तर गतिविधि प्रति लक्षित गर्दै पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत भण्डारीले संयमित र जिम्मेवार राजनीति गर्न पनि उनले पुराना नेताहरूलाई आग्रह गरेका छन् ।
‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ? भन्दै उनले प्रश्न गरेका छन् । उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको समेत बताएका छन् ।
लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुनसक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत भएको उल्लेख गर्दै भण्डारीले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आह्वान समेत गरेका छन्।










Facebook Comments