काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री रमेश लेखकको बयान जारी छ ।  

भदौ २३ र २४ को जेन–जी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो । जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै आयोगले लेखकसहित तीन जनालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

ad

प्रहरीले मंगलबार काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो । तर, बेलुकी नै हाजिर जमानतमा छाडिसकेको छ । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।