काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा सांसद सुवाङ नेम्वाङले पनि दावी गरेका छन् । च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी संसदीय दलको बैठकमा  नेम्वाङले पनि दलको नेतामा दाबी गरेका हुन्। 


नेम्वाङले युवा सांसदलाई दलको नेता बनाउन उपयुक्त हुने भन्दै निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गरेको एक सांसदले जानकारी दिए । नेम्वाङ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्। 

ad