प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई सिंहदरबार बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणामा मंगलबार बिहान गभर्नर पौडेल सिंहदरबार गएका उनको सचिवालयले जनाएको हो । 

तर, भेटवार्तामा प्रधानमन्त्री र गभर्नरबीच के विषयमा छलफल भएको थियो सो भने जानकारी नदिइएको सचिवालयको भनाइ छ । 

ad

शुक्रबार प्रधानमन्त्रीको शपथ लिएका बालेनले चौथो दिनमा केन्द्रीय बैंकको प्रमुख (गभर्नर)सँग भेटवार्ता गरेका हुन् । खासगरी मुलुकको वित्तीय क्षेत्र, केन्द्रीय बैंकले लिने मौद्रिक नीति र अरु आर्थिक सुधारका विषयमा प्रधानमन्त्रीले गभर्नरसँग चासो राखेको बुझिएको छ । 

साथै, राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरको नियुक्तिको विषयसँगै सरकारको स्प्रिड अनुसार केन्द्रीय बैंकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्री बालेन शाहले गभर्नर पौडेलसँग ब्रिफिङ लिएको हुन सक्ने उनको सचिवालयको भनाइ छ ।