काठमाडौं । नेकपा (एमाले) ले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

चैत १४, १५ र १६ गते काठमाडौंकेन्द्रित आन्दोलन गरेको एमालेले देशव्यापी आन्दोलन घोषणा गरेको हो ।

ad

चैत २५ गतेसम्म सबै जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला तहमा कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति, आन्दोलनको आवश्यकताबारे प्रशिक्षित गर्ने एमालेले निर्णय गरेको छ ।

मंगलबार सचिवालय बैठकले चैत २५ देखि वैशाख १२ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।