
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।
उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको स्रोतले जानकारी दिएको छ ।
बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए । ललितपुर स्थायी घर भएका बजगाईं पत्रकारितामा सक्रिय थिए ।
मेयर शाहको सचिवालयमा रहेर काम गरेका उनी पछिल्लो पटक निर्वाचनमा पनि सक्रिय थिए ।










Facebook Comments