
काठमाडौं । पर्यटन अभियन्ता तथा भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष रामसुन्दर बकेलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले जोमसोममा एक भव्य समारोहका बीच स्वागत तथा सम्मान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले स्थानीय तहका प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारहरुबिच अभियन्ता बकेलाई स्वागत तथा सम्मान गरेका हुन् । अध्यक्ष लालचनले ग्रामीण पर्यटन प्रवद्र्धन, प्राकृतिक सम्पदाको संरक्षणमा निरन्तर लागेका बकेले पर्यटन विकासका लागि दिंदै आएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान गरिएको स्पष्ट पारे ।
सो अवसरमा अभियन्ता बके मुस्ताङ जिल्ला अनुपम प्राकृतिक सम्पदा, मौलिक संस्कृति र अपार पर्यटन सम्भावनाले भरिपूर्ण जिल्ला भएको बताउँदै यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र जनताको आत्मीयताले आफू अत्यन्तै प्रभावित बन्न पुगेको प्रष्ट पारे । उनले गाउँपालिकाको स्वागत र सम्मानले आफूलाई प्रेरणा मिलेको उल्लेख गर्दै स्थानीय तह, समुदाय र पर्यटन व्यवसायीहरुबीचको सहकार्यमा मुस्ताङलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा अझै विकास गर्न सकिने बताए ।










Facebook Comments