काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट यही चैत १९ गते दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले भोलि बुधबार सर्वदलीय बैठक आह्वान गरेको छ ।

बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए । प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ ।

ad

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्।