
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडीओ) का सभापति सोनाम लामाको नेतृत्वमा सचिव डा. संगीता कार्की र कोषाध्यक्ष उल्का घिमिरे सहितको टोलीले परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग शिष्टाचार भेट गरेको छ।
भेटमा उनीहरूलाई सफल कार्यकालको बधाई तथा आगामी दिनका लागि प्रभावकारी नेतृत्वको शुभकामना व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराका समस्या तथा सरोकारका विषयमा संक्षिप्त छलफल भएको युएनडीओले जनाएको छ।
गैरआवासीय नेपालीको नागरिकता, वैदेशिक रोजगारी सेवाका समस्या तथा विदेशमा रहेका नेपालीको मताधिकारजस्ता विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्नेमा टोलीले जोड दिएको थियो।

मन्त्रीद्वयले यी विषयमा गम्भीरतापूर्वक काम गरिने र आफ्नो दलको घोषणापत्रमा समेत उक्त विषय समावेश रहेकाले कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको युएनडीओले जनाएको छ।









Facebook Comments