
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा प्रदान गर्दा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।
हालै सेवा प्रवाहका क्रममा बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो आएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो।
बोर्डले जारी गरेको निर्देशनमा यस्तो व्यवहार स्वास्थ्य बीमा ऐन, २०७४, नियमावली, २०७५ तथा प्रचलित कानुनी व्यवस्था विपरीत हुने उल्लेख गर्दै सबै संस्थालाई ऐन, नियम, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न भनिएको छ।
साथै, अनुगमनका क्रममा नियम उल्लंघन गरेको पुष्टि भएमा सम्बन्धित संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत बोर्डले दिएको छ।










Facebook Comments