
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। लामिछानेले अमेरिका र नेपाली दोहोरो राहदानी लिई प्रयोग गरेको भन्दै २ वर्षअघि सर्वोच्चमा युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटको आज पेशी तोकिएको हो।
चार पटकसम्म हेर्न नभ्याइएको मुद्दा आज न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको हो। उनको मुद्दा आज १२ औं नम्बरमा रहेको छ । उनको मुद्दामा सुरुमा ३ पटक आदेश भएको थियो। लामिछानेले दोहोरो नेपाली र अमेरिकी राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।
लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ ।
रिट निवेदनमा महान्यायाधिवक्ताको कार्यालय, डा. दिनमणि पोख्रेल महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग,नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर, निर्वाचन आयोग र लामिछानेलाई प्रतिवादी बनाइएको छ।










Facebook Comments