काठमाडौं ।  सम्पत्ति शुद्धीकरणमा आइतबार बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आज अस्पताल भर्ना भएका छन्।


स्वास्थ्यमा समस्या आएपछि खड्कालाई आज बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। आज बिहान अस्पताल भर्ना भएका उनलाई बेड नम्बर १०२९ मा राखिएको छ।

ad

जेनजी आन्दोलनको क्रममा खड्काको निवासबाट बरामद भएको रकम सम्बन्धी अनुसन्धानका लागि लागि नियन्त्रणमा लिइएको बताइएको छ । 
आइतबार अदालतले खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।