काठमाडौँ । नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरीले नेपालमा बनेको नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च रहेको बताएका छन् । 

भारतकाे एनआईएसँग कुरा गर्दै उनले जनताको अपेक्षा पूरा गर्न सहकार्य र परिणाममुखी काम आवश्यक रहेको बताएका छन् । नेपालमा गठन भएको नयाँ सरकारले पुस्तान्तरणको स्पष्ट संकेत दिएकाले नेपाली राजनीतिमा पुस्तागत परिवर्तन भएको पनि उनले बताए । 

ad

विगतमा एमाले–माओवादी गठबन्धनले ६० प्रतिशतभन्दा बढी मत ल्याएका थिए, तर हालैको निर्वाचनको परिणामले फरक सन्देश दिएको उनको भनाइ थियो । 

उनले यस परिणामले नेपाली नेताहरूलाई जनताको चाहना बुझ्न बाध्य बनाउने पनि उनले बताए । 'यसले नेताहरूलाई आपसमा सहकार्य गरेर जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।'