काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने विषय आफूले नै उठाउँदै आएको बताएका छन्।

आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्मै यस विषयमा आवाज उठाएको उल्लेख गरे। 'पूर्वप्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ भन्ने कुरा हामीले पहिले नै भनेका हौँ,' उनले भने।

ad

प्रचण्डले केपी शर्मा ओलीमाथि हुने सम्भावित अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराख्न सरकारलाई सचेत गराए। उनले निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन अघि बढाउनुपर्नेमा जोड दिए।

यस्तै, बालेन्द्र शाह नेतृत्वको सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमबारे आफूले अध्ययन गर्न बाँकी रहेको बताए। उक्त कार्यक्रम अध्ययन गरेपछि मात्र औपचारिक प्रतिक्रिया दिने उनको भनाइ थियो।