
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी छन् ।
आज दर्ता भएको रिटमाथि बहस भने भोलि सोमबार हुनेछ ।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ।
जेनजी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई नेपाल प्रहरीका २ नम्बर गणमा राखिएको छ।









Facebook Comments