काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ।

भदौमा भएको जेन–जी आन्दोलन दमन प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसमा पक्राउ परेका दुवै जनाको म्याद थपको बहस सुरु भएको हो ।सरकारी वकिल कार्यालयले म्याद थपका लागि दुवैलाई अदालतमा पेस गरेको हो।

ad

स्वास्थ्यका कारण ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्स मार्फत उपस्थित गराइएको छ भने लेखक भौतिक रूपमा उपस्थित छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा दुवै पक्षका वकिलहरूले बहस गरिरहेका छन्।

ओली र लेखक तर्फबाट वरिष्ठ अधिवक्ता तथा सांसद खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, गोपालकृष्ण घिमिरे र शेरबहादुर केसी लगायतले बहस गर्ने भएका छन् । बहस अहिले पनि जारी छ ।