
काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दामा लामिछानेलाई अर्को तारिख वैशाख १४ गतेका लागि तोकिएको छ।
काठमाडौं जिल्ला अदालतमा आज तारिख बुझ्न पुगेका लामिछानेलाई वैशाख १४ गतेको तारिख दिइएको अदालतले जनाएको छ। सहकारी ठगी प्रकरणको मुद्दामा अदालत पुगेर उनले तारिख बुझेका हुन्।
स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी ६० लाख धरौटी बुझाएर रिहा भएका हुन्। उनीविरुद्ध अरु चार वटा अदालतमा पनि मुद्दा छन्। जसमध्ये रुपन्देही अदालतले उनलाई सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उनी आफ्नो भागको बिगो बुझाएर रिहा भएका थिए। त्यसअघि उनले जिल्ला अदालतमै एक करोड धरौटी पनि बुझाएका थिए।
यस्तै पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख, चितवनको सहारा सहकारीमा ५४ लाख र सानो पाइला सहकारीमा एक करोड धरौटी बुझाएर रिहा भएका हुन्।









Facebook Comments