
काठमाडौं । नेपाल प्रहरीले पूर्व प्रधानमन्त्रीत्रय शेर बहादुर देउवा, केपी ओली र प्रचण्डको सम्पत्तिमाथि अनुसन्धानको तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पूर्व प्रधानमन्त्रीत्रयसहित र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ ।
प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।
सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको स्रोतले जानकारी दिएको छ ।
यसैबीच विभागकै पत्रका आधारमा नेपाल प्रहरीले अन्य पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको स्रोतले जानकारी दिएका छ ।









Facebook Comments