
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
गत बिहीबार रिटमाथि बहस नसकिएपछि आज आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। गत सोमबारदेखि रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग महान्यायाधिवक्ता सविता भण्डारीले संशोधनको निर्णय गरेकी थिइन्।
अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफल लगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइ रिट दायर गरेका थिए।









Facebook Comments