काठमाडौं । भदौ २३ गतेको घटनामा दमन गरेको आरोपमा शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज आइतबार अदालत उपस्थित गराइएको हो ।
लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेर अदालतमा उपस्थित गराइएको थियो । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराउने तयारी छ ।

ad

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट शनिबार बिहान पक्राउ गरेको थियो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।