काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गरेका छन् ।
उनले विज्ञप्ति प्रकाशित गर्दै गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै रिहाइको माग समेत गरेका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘सरकार गठन भएलगत्तै दुरासयपूर्ण ढंगले भएको राजनीतिक प्रतिशोधबाट सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हटेको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
गिरफ्तारीको संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रिने देउवा पक्षको चेतावनी छ ।










Facebook Comments