काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको छ ।

मन्त्रिपरिषद्‌मा सूचना तथा सञ्चार प्रविधिमन्त्रीको जिम्मेवारी विक्रम तिमिल्सिनालाई दिइएको छ, तर मन्त्रिपरषद्‌को पहिलो बैठकले शिक्षामन्त्री पोखरेललाई प्रवक्तामा चयन गरेको हो ।

ad

यसअघि प्राय: मन्त्रिपरिषद्‌मा सञ्चार मन्त्री नै सरकारको प्रवक्ताका रूपमा रहँदै आएका थिए । पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।