काठमाडौँ । मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएका छन् । 

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेकाे हाे। 

ad

सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ। 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।

२. सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।

३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।

४. जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने ।