काठमाडौं । काठमाडौंबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको हो।

हेलिकोप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीसहित कुल ५ जना सवार रहेको जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायहरूले खोज तथा उद्धार कार्य सुरु गर्ने तयारी गरिरहेका छन्।  

ad

दोलखा आसपासमा पानी ठूलो परिरहेकोले उद्धार कार्य कठिनाइ भइरहेको जनाइएको छ ।