
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वमन्त्री गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
उनले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरुमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने समेत बताएका छन्
सभापति थापाले लेखेका छन्–
हार्दिक बधाइ तथा शुभकामना
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना










Facebook Comments