काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित सांसदहरूलाई भोलि शनिबार अभिमुखीकरण तालिम दिने भएको छ ।

शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे सांसदहरूलाई अभिमुखीकरण तालिम दिन लागेको हो । 
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् । 

ad

प्रतिनिधिसभा निर्वाचनपछि बसेको चैत ११ गते बसेको कांग्रेसको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले  प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।