
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रधानमन्त्रीमा नियुक्त गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले आज मन्त्रीहरुलाई शपथ खुवाउने भएका छन् ।
रास्वपा निकट स्रोतका अनुसार पार्टीले केही मन्त्रीको प्रारम्भिक नाम टुंगो लगाएको छ। जस अनुसार अर्थमन्त्रीमा उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनालको नाम टुङ्गो लागेको छ ।
यस्तै उर्जामा विराजभक्त श्रेष्ठ, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, भौतिक पूर्वाधारमा सुनिल लम्साल, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह, सञ्चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री बन्ने सूचीमा रहेको स्रोतले जानकारी दिएको छ ।










Facebook Comments