
काठमाडाैं । नेपाल आयल निगमले भरिएको ग्यास सिलिण्डर बेच्ने बारेमा छलफल थालेको छ।
हाल दैनिक ९० बुलेट माग रहेकोमा त्यसको हाराहारीमा नेपाल भित्रिरहेको भन्दै निगमले भरिएको ग्यास सिलिण्डर बेच्ने विषयमा छलफल थालेको हो। निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले माग अनुसारको ग्यास बुलेट नेपाल भित्रिरहेको भन्दै अर्को हप्ता यसबारेमा निर्णय गर्ने जानकारी दिए।
'अब विस्तारै पुरै ग्यास सिलिण्डर पनि बिक्री गर्छौं।,' उनले भने, 'अवस्था हेरेर यसबारेमा निर्णय गर्नेछौं।'
उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न थालेको भन्दै निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास बेचिरहेको छ। अनावश्यक भण्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गरिरहेकाे निगमले प्रतिसिलिन्डर ९ सय ५५ रुपैयाँ तोकेको छ ।
यसअघि प्रतिसिलिन्डर १४.२ केजी हुन्थ्यो । यसको मूल्य १ हजार ९ सय १० रुपैयाँ पर्थ्यो ।
सरकारले आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५ रुपैयाँ बढाएको छ। यद्यपि ग्यासको मूल्य भने घटबढ भएको छैन।










Facebook Comments