
काठमाडौं । नेपाली कांग्रेसले पार्टी रुपान्तरणका लागि अन्तर्क्रिया गर्ने भएको छ । नीतिगत र व्यावहारिक रुपमै हरेक तरिकाले परिवर्तन गर्न अन्तर्क्रिया कार्यक्रम गर्ने कांग्रेसले बताएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीलाई नीतिगत र व्यावहारिक रुपले परिवर्तन गर्न अन्तर्क्रिया कार्यक्रम गर्न लागेको बताए ।
उनले भने, 'यसको परामर्शको जिम्मेवारी पार्टी सभापति (गगन थापा)लाई दिइएको छ । सभापतिकै नेतृत्वमा यो अभियान हामी सञ्चालन गर्दै छौँ ।'
विरोधका लागि मात्र कांग्रेस विपक्षमा नबसेर सरकारलाई सहयोगी भूमिका निर्वाह गर्ने पनि उनले बताए ।









Facebook Comments