काठमाडौं । नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ । सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको हो ।

‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो,’ प्रवक्ता देवराज चालिसेले भने, ‘यसले पूर्णता बोकेको छैन ।’

ad

२३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे सरह २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको उनको भनाइ छ । ‘प्रथम दृष्टिको कुरा हो यो । यद्यपि, त्यसलाई हामीले राम्रोसँग अध्ययन गर्न बाँकी छ,’ चालिसेले भने, ‘त्यो प्रतिवेदनलाई हामी सिरियसली हेर्छौं ।’

प्रतिवेदनको अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ ।

समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने प्रवक्ता चालिसेले बताए ।