काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भेटिएको भनिएको रकमसम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू एआईबाट तयार पारिएका हुन सक्ने बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष दिएको बयानमा देउवाले आफूमाथि नियोजित षड्यन्त्र गरिएको जिकिर गरेका छन्।

ad

उनले आफूले कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको स्पष्ट पार्दै उक्त घटनाबारे सार्वजनिक सामग्रीहरू भ्रामक हुन सक्ने बताएका हुन्।

देउवाले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, युवाको भावना सम्बोधन गर्दै नीतिगत, कानूनी र संस्थागत सुधार आवश्यक रहेको बताएका छन्।