
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ को घटनामा सुनियोजित रूपमा उत्तेजना फैलाइएकाले हिंसा र गोली चल्ने अवस्था बनेको बताएका छन्।
जाँचबुझ आयोगमा दिएको बयानमा उनले आन्दोलनमा घुसपैठ भएको र केही समूहले युवाहरूलाई अघि सारेर स्थिति बिगारेको दाबी गरेका छन्।
उनका अनुसार राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण योजनाबद्ध थियो र प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउन आदेश दिने अधिकार हुँदैन।
उनले मानवीय क्षति कम गर्न निर्देशन दिइएको, सेना परिचालन नगर्ने नीति अपनाइएको र घटनापछि छानबिन आयोग गठन तथा राहतका निर्णय गरिएको पनि बताएका छन्।










Facebook Comments