
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै सरकार चलाउने बताएका छन्।
आज काठमाडौँमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने बताए । उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ। हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ। सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ। सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ।










Facebook Comments