
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ः१५ बजे शीतल निवासमा ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका थिए ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
अब सभामुख चयन नहुँदासम्म केसीले अध्यक्षका रूपमा संसद बैठक सञ्चालन गर्नेछन्।










Facebook Comments