
काठमाडौँ । एन आई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक महानुभावहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका हुन् ।
यस समझदारीसँगै बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्न सक्ने छन् ।
साथै, ग्राहक महान७३घढसभावहरुको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ ।
ग्राहक महानुभावहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक महानुभावहरु तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डर महानुभावहरुलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको छ ।










Facebook Comments