काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ। 

सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको हाे।

ad

निवेदकको तर्फबाट बहस सकिएको छ भने सरकारी वकिल र रविका पक्षका वकिलको बहस बाँकी छ। 

गत सोमबार न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ अघि बढेको थियो।